जनकपुरधाम, ३१ जेठ । धनुषाको नगराईन नगरपालिकाका एक वडा सचिवलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नगराईन नगरपालिका वडा नम्बर–२ का वडा सचिव अमृत झालाई बुधबार साँझ रंगेहात पक्राउ गरेको छ ।
सेवाग्राहीसँग काम गरेवापत वडा सचिव झाले नगद ७५ हजार रुपैयाँ घुस लिएको उजुरीका आधारमा आयोगको टोलीले झालाई पक्राउ गरेको जनाएको छ ।