काठमाडौं,३० जेठ । पूर्व प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् ।
राति ११ बजे उनी सिंगापुर प्रस्थान गर्ने तय भएका छन । देउवा नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गरेको उनको सचिवालयले जनाएको छ ।
कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जानेछिन् ।
पेटसम्बन्धी समस्याको देउवाले सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।