जनकपुरधाम, २८ जेठ । धनुषाको मिथिला विहारी नगरपालिका ६ सिरसियाका ३५ वर्षीय दिनकर यादव र उनी श्रीमती ३० वर्षीया ममता यादवमाथि शनिबार साँझ खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट दुबैजना गम्भीर घाइते भएका छन् । श्रीमान दिनकरको घाँटी पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँ गाला र दाहिने हातमा काटिएको छ ।
दुबैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार साँझ ७ बजे श्रीमान श्रीमती घरमै बसिरहेको बेला स्थानीय ६५ वर्षीय लट्टु यादवले अचानक खुकुरी प्रहार गरेका छन् ।