जनकपुरधाम, २४ जेठ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय जनयुद्धका शहीद परिवारले घेराउ गरेका छन् ।
सरकारको मधेश शहीद प्रतिष्ठानले दिने घोषणा गरेको एक लाख रुपैयाँ यसपटक नदिएको भन्दै उनीहरुले मन्त्रालय घराउ गरेका छन् । मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालय घेराउ गर्नु अघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउन माग गरेका छन् ।
मधेश सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्तामा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । प्रतिष्ठानले तीन वर्षसम्म एक एकलाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यसपटक शहीद परिवारले पैसा पाएका छैनन् ।
सरकारले गत फाल्गुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ । तर शहीद परिवारले गतवर्ष जस्तै प्रमाण पत्रको आधार पाउनुपर्ने माग गरेका छन् ।