KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वीरगन्जमा बारा र पर्साका दलित कार्यपालिका सदस्यका लागि तालिम सुरु

वीरगन्जमा बारा र पर्साका दलित कार्यपालिका सदस्यका लागि तालिम सुरु

वीरगन्ज, २२ जेठ । बारा र पर्साका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि वीरगन्जको राणी सती धर्मशालामा नेतृत्व विकास तालिम सुरु भएको छ ।

मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुने जातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूका लागियस्तो तालिम आयोजना गरिएको तालिम आयोजक दलित सरोकार मञ्च नेपालले जनाएको छ ।

कार्यक्रममा सहभागी दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीमध्ये धेरैले आफूहरूलाई अहिलेसम्म कसैले पनि यस्तो जानकारी नदिएकाले अन्योलमा परेको बताएका थिए ।

आफूहरूले पालिकाबाट पाउनुपर्ने सुविधा नपाएको, भूमिका के हो, काम के गर्ने भन्नेबारे कुनै तालिम नपाएको बताउँदै उनीहरूले दलित समुदायका लागि फाइदा पुग्ने कामका लागि पालिकाहरूले बजेट दिनसमेत आनाकानी गरेका गुनासो गरेका थिए ।

बैठकहरूमा आफ्ना कुरा सुनुवाइ नै नहुने, सुनिहाले पनि त्यसमा बजेट नछुट्याउने र छुट्याइहाले पनि दलित समुदायका कार्यपालिका सदस्यलाई जानकारी नै नदिइ त्यस्तो बजेट वडाध्यक्षहरूले आफैँ सञ्चालन गर्ने गरेका भनाइ पनि उनीहरूले त्यस अवसरमा राखेका थिए ।

उनीहरूले कार्यपालिका सदस्यहरूमा पनि दलित समुदायका प्रतिनिधिलाई हेपिने गरेको,पालिकाहरूले गरेका निर्णय हेर्न र पढ्नसमेत नदिने गरेकाले पनि आफूहरू अपमानित महसुस हुनुपरेको उल्लेख गरेका थिए ।

दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानका अनुसार यस्तो तालिम मधेस प्रदेशका ८ वटै जिल्लामा आयोजना गर्ने क्रममा जेठ २२ देखि २४ गतेसम्म वीरगन्जमा आयोजना गरिएको हो ।

यसअघिसप्तरी र सिरहाका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि सिरहाको मिर्चैयास्थित होटल होलिडेमा, महोत्तरी र धनुषाको जनकपुर (मसला कटेल) मा तथा रौतहट र सर्लाहीको रौटहटस्थित होटल तराई इनमा सम्पन्न भइसकेको छ ।

दलित सरोकार मञ्च, नेपालद्वारा आयोजित यो तालिममा सञ्जालका २८ जना पदाधिकारी सहभागी छन् भने दलित अगुवा १५ जनाको सहभागिता छ ।

केही समयअघि यही संस्थाद्वारा आयोजित जिल्लास्तरीय दलित कार्यपालिका सदस्यहरूको भेलाले मधेस प्रदेशको प्रत्येक जिल्लामा जिल्ला सञ्जाल गठन गरेको थियो ।

यस्तो सञ्जालमार्फतदलित कार्यपालिका सदस्यहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई सशक्त तुल्याउने र कार्यपालिका बैठकहरूमा सशक्तरूपमा प्रस्तुत हुन मद्दत गर्ने कार्यकारी निर्देशक पासवानको भनाइ छ ।

यी सबै तालिमको सहजीकरण प्रशिक्षकद्वय सोनालाल चौधरी र रघुनाथ लामिछानेले गरिरहेका छन् । यस क्रममा योजना तर्जुमा प्रक्रियादेखि बजेट निर्माणका चरण हुँदै नेतृत्वका लागि आवश्यक पर्ने सबैखाले विषयवस्तुमा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्याससमेत गराइने गरिएको छ ।

Facebook Comment

Related Posts

भारतको निर्णयपछि नेपालले पनि खोल्यो ठूला नोट प्रतिबन्ध

भारतको निर्णयपछि नेपालले पनि खोल्यो ठूला नोट प्रतिबन्ध

सातदलीय गठबन्धनको सहमतिमा मधेश सरकार विस्तार

सातदलीय गठबन्धनको सहमतिमा मधेश सरकार विस्तार

विशेष अदालतद्वारा पतञ्जली जग्गा प्रकरणका पुराना फाइल मगाउने आदेश

विशेष अदालतद्वारा पतञ्जली जग्गा प्रकरणका पुराना फाइल मगाउने आदेश

दलहरुसँग वार्ता गर्न बनायो उच्चस्तरीय समिति, संयोजकमा मन्त्री सिन्हा

दलहरुसँग वार्ता गर्न बनायो उच्चस्तरीय समिति, संयोजकमा मन्त्री सिन्हा

निर्वाचन हुँदैन भ्रम फैल्याउने काम नगर्न गृहमन्त्रीको चेतावनी

निर्वाचन हुँदैन भ्रम फैल्याउने काम नगर्न गृहमन्त्रीको चेतावनी

भिजिट भिसा प्रकरण : नाम जोडिएपछि म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए

भिजिट भिसा प्रकरण : नाम जोडिएपछि म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar