जनकपुरधाम, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल अगामी जेठ जेठ ३१ गते धार्मिक भ्रमणका लागि जनकपुरधाम आउन लागेका छन ।
सोही अवसर पारेर उनलाई जनकपुरधाममा नागरिक अभिनन्दन समेत गर्ने तयारी गरिएको छ ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको अगुवाइमा जनकपुरधामको उद्योग वाणिज्य सङ्घको सभा हलमा भएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेललाई जनकपुरधामको तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गर्ने निर्णय गरिएको थियो ।
राष्ट्रपति पदमा निर्वाचित भएपछि पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको खुसीयालीमा उनलाई नागरिक अभिनन्दन गर्न लागिएको नेता निधिले बताएका छन ।














