काठमाडौं,१ जेष्ठ । भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा आफैँ प्रहरीसामु उपस्थित भएका हुन् ।
शेर्पा सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएको परिसरका प्रहरी अधिकारीले बताउनुभएको छ । ती प्रहरी अधिकारीका अनुसार शेर्पाले विभिन्न सञ्चारमाध्यममा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार देखेर यसबारे बुझ्न र अनुसन्धानमा सघाउन परिसरमा उपस्थित भएको बताएका छन् ।
ती प्रहरी अधिकारीका अनुसार विभिन्न सञ्चारमाध्यममा आएजस्तो शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन ।1