जनकपुरधाम, २९ बैशाख । शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश सरकारबाट जनमत पार्टीलाई राख्ने वा नराख्ने विषयमा बिचार गर्नुपर्ने बतएका छन् ।
उनले जनमत पार्टीलाई मधेश सरकारबाट हटाउने वा निरन्तरता दिने भन्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएको बताउनुभएको छ ।
केन्द्रमा रहेको पाँचदलीय गठबन्धन सरकारको संयुक्त रुपमा मधेश सरकार अघि बढ्ने बताएका छन । उनले भने पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अघि बढ्छ ।
यसै सरकारमा मन्त्री मण्डल हेरफेर वा पुनर्गठन हुन्छ । छलफल भईरहेको छ । केन्द्र सरकारमा नरहेका जनमतको मधेश सरकारमा दुईवटा मन्त्रीसहित सहभागी छन् ।














