काठमाडौं,२९ बैशाख । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।
गोरखापत्र संस्थानको पूर्वकार्यकारी अध्यक्ष एवं नेपाली कांग्रेस नेता समेत रहनु भएका बस्नेतको ७८ वर्षको उमेरमा शुक्रवार बिहान काठमाडौंको सिफलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सोलुखुम्बु निवासी बस्नेत २००७ सालको जन–क्रान्ति देखिनै नेपाली कांग्रेसमा सक्रिय रहेर राजनीति गरेका थिए । उनी २०४८ सालदेखि २०५१ सालसम्म गोरखापत्रको कार्यकारी अध्यक्ष रहेका थिए ।
उनी नेपाली कांग्रेसको पूर्वकेन्द्रीय तथा पुर्वसांसद पनि हुन् ।