काठमाडौं,२३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने प्रयास भईरहेको बताउनुभएको छ ।
दलित संगठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने र भविष्यमा बहुमत ल्याउन सक्ने बताएका छन ।
प्रचण्डले भने, ३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न थालेको र यो ट्रेलर मात्र भएको बताए ।
यसबीचमा सरकारमाथि घेराबन्दी र दबाव आउन सक्ने भन्दै उनले उत्पीडित समुदायले आफूलाई साथ दिनुपर्ने बताएका छन । यसवर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले दलितहरुका लागि विशेष घोषणा गर्ने प्रचण्डले आश्वासन दिनुभयो ।