जनकपुरधाम, २२ बैशाख । प्रहरीले धनुषाबाट साढे १० किलो गाँजासहित ४ जनालाई पक्राउ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ बस्ने २६ वर्षीय अमित कुमार यादव, र २२ वर्षीय रबिन कुमार यादव, सर्लाहीको हरिवन नगरपालिका–३ बस्ने ३१ वर्षीय फेकन साह र २१ वर्षीय संतोष दास, रहेको धनुषा प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान करिब साढे १० बजे धनुषाको मिथिला नगरपालिका –१० लालगढस्थित बौवा होटल अगाडि पूर्वपश्चिम लोकमार्गबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभएको छ ।
विषेश सूचनाको आधारमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–२–०३–००७प ८५४१ र ज ४ प ७७३३ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई ल्याइरहेको अवस्थामा गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।