एजेन्सी । पाकिस्तानको एक विद्यालयमा गोली प्रहार गरी पाँच शिक्षक र दुई मजदुरको हत्या गरिएको छ ।
बिहीबार उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयमा सुन्नी–सिया समुदायबीचको बिवादका कारण सो घटना भएको प्रहरी र सरकारी अधिकारीले बताएका छन् ।
दुई आक्रमणकारीले विद्यालयभित्र पसेर आक्रमण गरेको बताइएको छ । आक्रमणपूर्व उनीहरूले सिया समुदायको पहिचान गरी र गोली चलाउनुअघि उनीहरूलाई बाहिर पठाएका थिए ।
इस्लाम धर्मावलम्बीको सुन्नी सम्प्रदायका एक व्यक्तिको कारमा मृत्यु भएपछि उक्त आक्रमण गरिएको हो ।