कञ्चनपुर,१९ बैशाख । दलित सरोकार मञ्च नेपालले सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवा पोटरी हटिया स्थित मुश्लिम टोलमा भएको आगलागी पीडित परिवारलाई मंगलबार राहतमा खाद्यान्य र ब्लैंकेट वितरण गरेको छ ।
मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवान,कञ्चनरुप नगरपालिका वडा नम्बर १का वडाअध्यक्ष रब्बान खाँन,कार्यपालिका सदस्यद्धय शोभा पासवान र सुरेश पंजियार,वडासदस्य दुर्गानन्द यादब,कलिम शेख र संयुक्त दलित सर्घष समिति कञ्चनरुपका संयोजक रामदेश शर्मा खत्वेको उपस्थितीमा प्रति परिवार २५ किलो चामल,२० किलो गहुँको आटा,१ केजी दाल,१ केजी चिनी,१ लिटर तेल र ४ पिस साबुन र एक एक पिस ब्लैंकेट वितरण गरिएको मञ्चका निर्देशक भोलाकुमार पासवानले बताए ।
आगलागी पीडितको अवस्था बुझन प्रतिनिधिसभाका सांसद नवलकिशोर साह समेत आगलागी भएको स्थलमा पुगेका थिए । एमालेका नेता मोहम्द कलिम समेत आगलागी पीडित परिवारलाई लताकपडाको व्यवस्था गरेको जनाएको छ । आगलागीबाट ७ परिवारका ४४ लाख बढीको क्षति
सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवा पोटरी हटिया स्थित मुश्लिम टोलमा आगलागी हुदाँ ७ परिवारको ४४ लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मंगलबार विहान करिब २ बजे कलिम शेखको आफ्नै सुत्ने फुसको घरमा अचानक आगलगि हुदाँ सँगै टासिएको गाईगोठ समेत जलि पुर्ण रुपमा नष्ट भएको र उक्त आगो फैलि निजको भाई मर्तुन्ज सेखको नजिकै रहेको एक कोठे सुत्ने फुसको घर र निजको सानो भाई ईसलाम सेखको दुई तले टिनको जस्ता पता भएको कच्ची घरमा समेत आगो लागि हुदाँ घरमा रहेको सरसमानहरु जलि क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीबाट कंचनरुप न.पा. १ बैरवा बस्ने कलिम शेखको फुसको घर भित्र रहेको ल्यापटप एकथान–१,मोबाईल ३ वटा, सुन १.५ भर, चाँदी (हसुलि, कडा) ३५ भर, साईकल थान–२, ठेला थान– १, प्रेसर कुकर–१, राईस कुकर–१, फ्रिज थान–१, पंखा थान– ३, चिरेको काठ, बिधुत मिटर, चामल ६ क्यून्टल, गहुँ १.५ क्यून्टल, हाँस, कुखुरा(६ ओटा), नगद रु. २५ हजार,लत्ता कपडा, फर्निचरको सामान घर समेत गरी दश लाख बराबरको जलि क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरि निज कलिम शेखको आमा सैफुल शेखको श्रीमति हदिसा खातुन सोही घरमा छुटेर बसेको उक्त आगोमा चामल १ क्यून्टल, गहुँ ५ क्यून्टल, चाँदीको वला २० तोला, नगद १२ हजार,फर्निचरको सामानहरुर लत्ता कपडा गरी एक लाख पचास हजार बराबरको क्षति भएको छ।
त्यसैगरि ईस्लाम शेखको घर भित्र रहेको सुन ४ तोला, चाँदी १६ तोला, चामल–२ क्यून्टल, धान १२ क्यून्टल, गहुँ ८ क्यून्टल, नगद चार लाख, साईकल १ थान गरी दश लाख बराबरको क्षति भएको छ । त्यसैगरि ईस्लाम शेखको छोरा अशलम शेख सोही घरमा छुटेर बसेको घर भित्र रहेको ४ क्यून्टल चामल, गहुँ ५ क्यून्टल, सुन १ तोला, चाँदी ८० तोला, फ्रिज १ थान, लुगा धुने मेसिन १ थान, पानि तान्ने मोटर थान–१, लत्ताकपडा, फर्निचरको सामान र घर गरी ७ लाख बराबरको जलि क्षति भएको छ ।
ईस्लाम शेखको छोरा आशिस शेखसोही घरमा छुटेर बसेको घर भित्र रहेको चामल ४ क्यून्टल, गहुँ ४ क्युन्टल, चाँदी ८० तोल, सुन २ तोला, साईकल १ थान, फ्रिज १थान, ट्रंक पेटी सोफा १ सेट, पानि तान्ने मोटर १ थान, पंखा सिलिङ–१ टेबुल पंखा २, मोबाईल ५ थान, बिधुत मिटर, फर्निचरको सामानहरु, नगद एक लाख ३५ हजार र घर गरि दश लाख बराबरको क्षति भएको र मुर्तुन्ज शेखको श्रीमति लजिना खातुनको फुसको घर भित्र रहेको थ्बmबजब कम्पनिको मो.सा. थान १, साईकल थान–१, बाख्रा २ वटा, हाँस–४ वटा, कुखुरा २ वटा, फर्निचरको सामान, लत्ता कपडा, भडावर्तन गरी छ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरि महादेव पट्टि बस्ने भटन शेख घर नजिकै रहेको निजकै परालको टालमा अचानक आगलागि हुँदा निजको ५० हजार भन्दा बढीको क्षति भएको छ । आगो स्थानिय बासी , सशस्त्र प्रहरी,नेपाल प्रहरी, हनुमान नगर कंकालिनी नगरपालिका र कञ्चनरुप नगरपालिका दमकलले नियन्त्रणमा लिएका थिए ।