काठमाडौं, १२ बैशाख । चितवन निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका हुन् ।
लामिछानेले ५४ हजार २७६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए ।
लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ भने एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।