जनकपुरधाम,१० बैशाख । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।
आईतवार बारा २ को उपनिर्वाचनमा प्रतिकूल असर गर्ने गरी कार्य गरेको भन्दै आयोगले यादवलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।