जनकपुरधाम,७ बैशाख । मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०÷०८१को निति तथा कार्यक्रममा ३१ बुन्दे योजना सार्बजानिक गरेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री ई.वसन्त कुश्वाहाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा ३१ बुन्दे योजना गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
मन्त्री कुश्वाहाका अनुसार मलको अभाव प्रत्येक वर्ष भईरहेको समयमा रसायनिक मललाई विस्तारै विस्थापन गर्दै लैजाने योजना मन्त्रालयको रहेको छ ।
मधेस प्रदेशमा ३ लाख मेट्रिक टन रसायनिक मलको आवश्यक्ता रहेको समयमा संघ सरकारबाट प्राप्त हुने १ लाख ५० हजार मेट्रिक टन मल उपयोगमा ल्याइने मन्त्री कुश्वाहाले बताउनुभएको छ ।
किसानलाई आत्मनिर्भर बनाउनकालागि किसानहरुको पहिचान गरी एक लाख किसानलाई गाई अथवा भैसी र बकरी वितरण गरिने मन्त्रीले बताए । यसका लागि एनजिओ तथा आइएनजिओसंग समन्वय गरी बजेट व्यवस्थापन गर्ने मन्त्रालयको लक्ष्य रहेको बताउनुभएको छ ।
यसका साथै वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीहरुलाई व्यवसायिक खेती तथा पशुपंक्षी, मत्स्यपालनमा संलग्न गराई रोजगारीको अवसर श्रृजना गरिने, प्रत्येक जिल्लामा कृषि ईन्जियिर व्यवस्था गर्ने, धानको मात्रै समर्थन मूल्य तोकिएको समयमा अन्य कृषि उपजहरुको समेत समर्थन मूल्य तोक्ने योजना निति तथा कार्यक्रममा समाबेश गरिने मन्त्री कुश्वाहाले बताउनुभयो ।