काठमाडौं,५ बैशाख । अचानक स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका हुन् ।
मंगलबार साँझ राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । यसअघि सोमबार उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो ।
स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले उनलाई निवास फर्काएको थियो । स्वास्थ्यमा समस्या परेपछि मंगलबार उनी फेरि अस्पताल भर्ना भएका हुन् ।
उनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान, रक्षा तथा कानुनमन्त्री पूर्णबहादुर खड्का अस्पताल पुगेको खड्काको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठक सकेर मन्त्री खड्का अस्पताल पुगेका थिए ।