जनकपुरधाम, ३० चैत्र । आमजनता पार्टीको धनुषा जिल्ला ईन्चार्जमा श्रीलाल महासेठ र अध्यक्षमा सन्तोष राज सहनी चयन भएका हुन ।
नवगठित ४५ सदस्य धनुषा जिल्ला कार्यसमितिको सचिवमा बलदेव साह, कोषाध्यक्षमा सन्तोष महतो चयन भएका छन् ।सदस्यहरुमा सुनिता देवी मंडल राकेश कुमार भगत, विनोद मंडल, नन्दु साह, अरुन दाहा सहनी, सिपेन्द्र यादव, आशुतोष साह लगायत रहेको आमजनता पार्टीका प्रवक्ता चन्द्रभुषण साहले जानकारी दिनुभएको छ ।