KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित सरोकार मञ्चद्धारा पीडित परिवारलाई राहत वितरण

दलित सरोकार मञ्चद्धारा पीडित परिवारलाई राहत वितरण

कञ्चनपुर,२८ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर – १ बैरवास्थित दलित बस्तीमा मंगलबार बिहान भएको आगलागीमा तीन घर जलेर नष्ट भएको छ ।

स्थानीय बिनय खंगको फुसको घरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर आगलागी हुदाँ विनय खंगसँगै बिरेन्द्र खंग र रामेश्वर खंगको घर पनि जलेर खरानी भएको प्रहरीले जनाएको छ

घरमा लागेको आगो निभाउने क्रममा स्थानीय दुई जना घाइते भएका छन् । ५२ वर्षीय विनय खंग र ३५ वर्षीय राजिन्द्र सदा घाइते भएका हुन् ।

खंगको ढाड तथा पिठ्यू जलेको छ भने सदाको जस्तापाताले नाक काटिएको छ । दुवैको स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि खंगलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

आगलागीमा परी तीनै परिवारको घरमा रहेका धान, गहुँसहितको खाद्यन्न, फर्निचरका सामग्री तथा लताकपडा नगद गरी कुल १९ लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।

कञ्चनरुप नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट विनय खंगको बाछी समेत जलेर मरेको छ ।

यसैगरी सोमबार राति सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर – २ पिपराहीका रामनारायण साहको मुल घरमा विद्युत तार सर्ट भएर आगलागी भएको थियो ।

उक्त आगलागीमा परी साहको दुई वटा खसीसहित सम्पूर्ण सामग्री खरानी हुँदा झण्डै १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगोलाई शम्भुनाथ नगरपालिका र मधेस प्रहरी तालिम केन्द्रको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

दलित सरोकार मञ्च नेपालले आगलागीबाट पीडित परिवारलाई मंगलबार नै राहतमा खाद्यान्य र त्रिपाल वितरण गरेको छ ।

मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवान,कञ्चनरुप नगरपालिका वडा नम्बर १का वडाअध्यक्ष रब्बान खाँन,कार्यपालिका सदस्यद्धय शोभा पासवान र सुरेश पंजियार,वडासदस्य दुर्गानन्द यादब,कलिम शेख र संयुक्त दलित सर्घष समिति कञ्चनरुपका संयोजक रामदेश शर्मा खत्वेको उपस्थितीमा प्रति परिवार ५० किलो चामल,५० किलो गहुँको आटा,२ केजी दाल,२ केजी चिनी,२ लिटर तेल र ४ पिस साबुन र एक एक ओटा त्रिपाल वितरण गरेका छन् ।

Facebook Comment

Related Posts

ढुवानी र उत्पादन खर्च बढ्दा पानीको मूल्य वृद्धि तयारी

ढुवानी र उत्पादन खर्च बढ्दा पानीको मूल्य वृद्धि तयारी

दिल्ली जान लागेका अमेरिकी यात्रु लागू औषधसहित समातिए

दिल्ली जान लागेका अमेरिकी यात्रु लागू औषधसहित समातिए

केन्द्रको निर्णय पर्खिँदा मधेसमा तलब वितरण अलपत्र

केन्द्रको निर्णय पर्खिँदा मधेसमा तलब वितरण अलपत्र

सर्वोच्चको फैसला कांग्रेस सुदृढीकरणको आधार : गगन थापा

सर्वोच्चको फैसला कांग्रेस सुदृढीकरणको आधार : गगन थापा

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar