एजेन्सी,अमेरिकाको केन्टकी शहरको एक बैंकमा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।
ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका हुन् । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।
गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।