जनकपुरधाम, २९ माघ । मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन सोमवार सार्वजनिक बिदा दिएको छ ।
मधेश सरकारले राजपत्रमै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको छ । गत वर्षदेखि मधेश सरकारले मनाउन सुरु गरेको जनयुद्ध दिवसमा यसपालि सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन जनकपुरधाम आउन लागेको गृह तथा सञ्चारमन्त्री सत्रुधन प्रसाद सिंहले जानकारी दिनुभएको छ ।
मधेश सरकारले मधेश भवनको कवड हलमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको गृह तथा सञ्चार मन्त्रालयले जनाएको छ ।