जनकपुरधाम २७ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वार्ड नं ५ महेन्द्रनगरका युवा नेता धिरेन्द्र मण्डल मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको स्वकीय सचिवमा नियुक्त भएका छन् ।
नेकपा एमालेका युवा नेता समेत रहेका मण्डल सभामुख मण्डलको स्वकिय सचिवमा नियुक्त भएका हुन् । सभामुख मण्डलको निजी सचिवालयले मण्डललाई नियुक्त गरेका हुन् ।
उनले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताएका छन् । उनी सभामुखका स्वकिय सचिवमा नियुक्त भएपछि सहकर्मी साथीभाईबाट बधाईको ओईरो आएको छ ।














