जनकपुरधाम २५ माघ । मधेश प्रदेशका शिक्षा, बिज्ञान, प्रबिधि तथा बाणिज्य मन्त्री महेश प्रसाद यादबले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा क्षेत्रमा जोड दिनुपर्ने बताएका छन ।
सन्चारकर्मी कुलदिप प्रेमसंग कुराकानी गर्दै उहाँले राष्ट्रले लिएको लक्ष्य उक्त लक्ष्य पूरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
मन्त्री यादबले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक, विद्यार्थी र विद्यालयको त्रिपक्षीय भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सामुदायिक विद्यालयमा सरकारको लगानी बढी भएपनि सोअनुसारका लक्ष्य प्राप्त हुन नसकिरहेको बताउँँदै मन्त्री यादबले अब प्रदेश र स्थानीय सरकारले पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ध्यान दिनुपर्ने बताएका छन ।