जनकपुरधाम २५ माघ । मधेस प्रदेशमा आज दोस्रो पटक मन्त्रीपरिषद् विस्तार भएपछि सरकार पूर्णता पाएको छ ।
मंगलवार नेकपा माओवादी केन्द्रकी सुनिता यादव उद्योग, वन तथा पर्यटन मन्त्री र रहबर अन्सारीले तेही मन्त्रालयको राज्यमन्त्रीको शपथ लिएका हुन् ।
मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
मधेस सरकार गठन भएयता मुख्यमन्त्रीले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेसँग मन्त्रीमण्डलले पूर्णता पाएको छ ।
मन्त्री यादव धनुषाका जनयूद्धका शहिद रामबृक्ष यादवको छोरी हुन् ।