जनकपुरधाम २२ माघ । विषयगत शिक्षक नहुँदा धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरु आइतबार आन्दोलित भएका थिए ।
विषयगत शिक्षक अभावमा ६ महिनादेखि तीनवटा विषयको पढाइ नभएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका थिए । उनीहरुले प्रदर्शन गर्दै वडा नं. १ कार्यालय घेराउको साथै तोडफोडसमेत गरेका छन् ।
वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा वडाध्यक्ष अशोककुमार महतोलगायत जनप्रतिनिधि नदेखेपछि वडा कार्यालयमा तोडफोड गरेका हुन् ।
कार्यालय अगाडि सडक अवरुद्ध गरि केहीबेर टायर बालेर प्रदर्शन समेत गर्दै उनीहरुले शिक्षकको माग गरेका छन् ।