जनकपुरधाम २० माघ । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।
जनता समाजवादी पार्टीका सुरिता कुमारी साह सामाजिक विकास मन्त्री जनमत पार्टीका महेश प्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्री, शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार मन्त्री, सिंगासन सा कलवार खानेपानी तथा उर्जा विकास मन्त्री, राजकुमार लेखी कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री र मो. जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । यस्तै अबुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जय कुमार यादव भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई आजै प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् । मुख्यमन्त्री यादवले पुस २९ मा शपथ लिएकै दिन तीन मन्त्री पनि शपथ लिएका थिए ।
योसहित अब यो प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र तीन राज्यमन्त्री पुगेको छ ।