जनकपुरधाम ११ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन बिनाविभागीय मन्त्रीहरूलाई तीन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्री यादवले मंगलबार नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा)नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्री यादवले बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । सरकारको नेतृत्व जसपा र जनमतले आलोपालोरूपमा गर्ने सहमति गरेका छन् ।