काठमाडौं १० माघ । बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको हो ।
पश्चिम नेपालको नेपालगञ्ज, बझाङ, कैलाली, बाजुरालगायतका ठाउँ ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो । बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डीएसपी सूर्य थापाले बताएका छन ।
क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।