जनकपुरधाम ७ माघ । धनुषाका प्रमुख जिल्ला अधिकारीमा काशीराज दहाल आउँने भएको छ ।
सरकारले शुक्रबार ४२ जना सिडिएको एकैपटक कामकाज सरुवा गरेको थियो । सोही कामकाज सरुवमा मोरंग जिल्लाबाट दहालको सरुवा धनुषामा भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका सुरेन्द्र कुमार पौडेलको सरुवा चितवन जिल्ला भएको हो ।
महोत्तरी बासि दहाल एकवर्ष अघिसम्म मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयको सचिवमा कार्यरत थियो ।