जनकपुरधाम ०४ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने नेता कृष्ण प्रसाद यादवले घोषणा गरेका छन् ।
प्रदेशसभाको बैठकमा बोल्दै कांग्रेस दलका नेता यादवले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभयो । हामी रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्छौँ ।
तर आज विश्वासको मत दिएपछि सरकारले अगामी दिनमा सहमति र सहकार्यमा प्रदेशलाई समृद्ध बनाउने काम होस् उनले भने । उनले प्रदेशमा कमिशन र भ्रष्टाचारबारे धेरै गुनासो आएकाले सो गुनासो घटाउन पनि मुख्यमन्त्री यादवसँग आग्रह गरे ।
मधेस प्रदेशमा नेपाली काँग्रेसको २२ सांसद छन् ।