काठमाडौं ०२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा तीन वटा मन्त्रालय पाउने भएको हो । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब थप दुई जना मन्त्री हुनेभएको छ ।
जसमा एक स्वास्थ्य मन्त्रालय पार्टीले पाउने सहमति भएको जनाएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमवार बालकोटमा भएको भेटमा मन्त्रालय भागवण्डा बारे छलफल भएको छ ।
रास्वपाले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का भइसकेको छ भने अर्को मन्त्रालय युवा तथा खेलकुद पाउने सम्भावना रहेको स्रोलते जनाएको छ ।