जनकपुरधाम २५ पुस । जनता समाजवादी पार्टी नेपाल –जसपा)को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका हुन् ।
दलको नेताका लागि यादव र मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी समेत दर्ता गराइसकेका थिए । दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि यादब दलको नेतामा चयन भएका हुन् ।
जसपाको मधेस प्रदेश सभामा १६ जना प्रदेश सभा सदस्य छन् । यादव मधेस प्रदेशको निवर्तमान सभामुख समेत हुन् ।