काठमाडौं १८ पुस । जनमत पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको ६ महिनाको कार्य–प्रगति विवरण बुझाउनेबारे निर्देशन दिइएको छ । अध्यक्ष डा. सीके राउतले आफूहरूले ६ महिनामा गरेको कार्यसम्पादन ७ दिनभित्र सचिवालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् । उनले पार्टीको अवधारण कति लागू भए ? जनसरोकारका विषयहरूलाई कति सम्बोधन भए ? भन्ने विषय खुलाउन आग्रह गरेका छन् ।