जनकपुरधाम ४ पुस । मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका हुन् । उनले २२ मध्ये १८ मत पाएर विजयी भएका हुन् । अर्को उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाएका छन् भने कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् ,रामसरोज निवर्तमान संसदीय दलका नेता हुन् । सहमतिबाट नभएपछि दलको नेता छान्न बिहिवार जनकपुरधामस्थित पार्टी कार्यालयमा निर्वाचन भएको थियो