जनकपुरधाम १९ मंसिर । रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको विकासका लागि क्याम्पस प्रशासनलाई आवश्यक योजना बनाएर ल्याउन प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले आग्रह गरेकी छन् । नेकपा एमालेबाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य महताले सोमबार क्याम्पसमा पुगेर यो राष्ट्रकै धरोहरको रहेकाले यसको विकासका लागि कोही पछाडि नपर्ने बताइन् । महतोले यस अघि आफु समानुपातिक सांसद रहेपनि कसैले राराबको विकासका लागि कुनै योजना लिएर समेत नआएको गुनासो गरिन् । उनले यस क्षेत्रबाट आफु निर्वाचित भएकाले यस क्याम्पसको जिम्मेवारी आफुमाथि पनि रहेको बताउँदै उनले क्याम्पसमा आवश्यकता रहेको कुरालाई योजनाबद्ध रुपमा प्लानिङ्ग गरेर फाइल ल्याउन आग्रह गरिन् ।