विराटनगर १८ मङ्सिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । मंसिर ४ को चुनावमा एमालेसँग जसपाले केही सिटमा तालमेल गरेको थियो । आइतबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसरुसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको भने । यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा पुगिनसकेको बताएका छन् । पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने पनि यादवले बताए । मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।