जनकपुरधाम २६ असोज । प्रदेशसभा सदस्यका लागि महोत्तरी क्षेत्र नम्वर २ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका सुरिता साहले लालटिन चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालयले बुधवार स्वतन्त्र उम्मेदवार साहलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको छ । बुधवार देशभरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।
साह नेपाल सरकारका पुर्ब राज्यमन्त्री र मधेश प्रदेशका प्रदेश सभा सदस्य समेत भइसकेका छन । वहा महोत्तरीका चर्चित अनुहार हुन् ।