जनकपुरधाम २१ असोज । प्रतिनिधि सभाको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा)का गंगाराम यादव र नेकपा एमालेका उमाशंकर अरगरियाबीच प्रतिस्पर्धा हुने भएको हो ।
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल हुँदा मधेश प्रदेशबाट प्रतिनिधिसभाका ३२ वटा सीटमध्ये १४ वटा सीट जसपाले लिएको छ ।
मधेश प्रदेशमा प्रतिनिधिसभामा सप्तरी क्षेत्र नं. १, २ र ४ सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २ जसपाले लिएको जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तालमेल सहमति भएको हस्ताक्षर पत्रमा उल्लेख गरेको छ ।
त्यस्तै प्रदेश सभा सदस्य पदका लागि ६४ वटा सीट मध्ये ३२ वटा सीट जसपाको भागमा परेको छ ।