काठमाडौं १५ असोज । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने भएका छन ।
एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै रहेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने भनेका छन ।
लामिछानेले लेखेका छन् ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु ।
उजुरी दर्ता भएयता लामिछाने प्रहरीको फरार सूचीमा दर्ज भएका छन् । क्यारेबियन लिगका लागि जमैका गएका लामिछाने नेपाल नफर्केपछि प्रहरीले उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको छ ।