KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसी दलितको क्लस्टरलाई सम्बोधन गर्छौँ : प्रमुख निर्वाचन आयुक्त

मधेसी दलितको क्लस्टरलाई सम्बोधन गर्छौँ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ,२६ भदौ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियाले कानुनले प्रष्ट व्यवस्था नगरेका कारण निर्वाचित पदहरूमा मधेसी दलितहरूको प्रतिनिधित्व कम भएको बताएका छन् । निर्वाचनसम्बन्धी ऐनमा दलितभित्र पनि मधेसी दलितको क्लस्टरलाई सम्बोधन गर्ने व्यवस्था गर्न सक्यो भने प्रत्येक वर्ष दलितहरूले आयोगलाई ध्यानकर्षण गराउनु आवश्यक नहुने पनि बताए । थपलियाले आफूहरू कानुनको मस्यौदा तयारीका क्रममा रहेकाले त्यसमा मधेसी दलितलाई पनि समावेश गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । राजनीतिक दलको संरचनामा पनि मधेसी दलितको प्रतिनिधित्व कम भएको स्वीकार्दै उनले दलहरूलाई पनि त्यसबारेमा ध्यानाकर्षण गराउँछौँ भने ।
आइतबार दलित सरोकार मञ्च नेपालको नेतृत्वमा विभिन्न दलमा आबद्ध दलित नेता, कानुन व्यवसायीहरूद्वारा मधेसी दलितको प्रतिनिधित्व सुनिश्चित गर्न आयोगलाई ध्यानकर्षण गराउने क्रममा थपलियाले उक्त धारणा व्यक्त गरेका हुन् ।
‘आयोगलाई समस्या के छ भने २६ मध्ये समानुपातिकतर्फ १३.८ प्रतिशत आरक्षण कोटाभित्र एउटै जातिकालाई सिफारिस ग¥यो भने पनि हामी बदर गर्न सक्दैनौँ’, थपलियाको भनाइ उद्धृत गर्दै दलित सरोकार मञ्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आयोग लैङ्गिक र समावेशीअन्तर्गत मुख्यतः संविधानको धारा ३८ र ४२ लगायत नेपालको संविधानको मौलिक हकमा जुन क्षेत्र सम्प्रदायको अधिकार सुनिश्चित गरिएको छ त्यसलाई कार्यान्वयन गर्ने विषयमा सकारात्मक र सचेत रहेको बताउँदै उनले आयोगका नीति पनि लैङ्गिक तथा समावेशी आधारमा तयार गरिएको जानकारी दिएका विज्ञप्तिमा भनिएको छ ।
प्रमुख निर्वाचन आयुक्तले व्यक्त गरेका धारणा विज्ञप्तिमा यसरी उल्लेख छ– अहिले संविधानले होलसेलमा बोल्छ । कानुन बनाउँदा यी कुरा खण्डीकरण भएर आउनुपर्ने हो । हाम्रो त्रुटि के भएको छ भने त्यो चाहे दलित होस् या अपाङ्गता, खण्डीकृत तथ्याङ्कका अधारमा समावेशी समानुपातिकको सवाललाई सम्बोधन गर्नुपथ्र्यो तर ऐनमा कमजोरी देखियो । हरेक समुदायभित्रका एलिटले जे व्याख्या विश्लेषण गर्छन्, त्यसकै आधारमा गरिदिनुपर्ने अवस्था अहिलेसम्म देखियो ।
थपलियाका अनुसार अहिले आयोगले कार्यविधि बनाइसकेको छ र ८४ वटै दललाई सूची कसरी बुझाउने भन्ने विषयमा पनि छलफल गरेको छ । बाहुनकी छोरी दलितसँग विवाह गरेर आएपछि दलित कोटामा प्रतिनिधित्व गर्ने तर सदियौँदेखि विभेदमा परेका मान्छे नआउने अवस्था पनि उनले औल्याए ।
वि.सं. २०७४ सालको संसदीय निर्वाचनमा दलितलाई सांसद बनाएको अवस्था हेर्दा प्रतिनिधि सभामा दलित समुदायबाट १९ जना सांसद भएकामा १ जनामात्र मधेसी दलित थिए । यसैगरी राष्ट्रिय सभामा दलित समुदायबाट ७ जना सांसद भएकामध्ये २ जनामात्र मधेसी दलित छन् । त्यसैगरी प्रदेश सभामा ५५० जना सांसद भएकामध्ये दलित समुदायबाट ३३ जनामात्र थिए । जसमध्ये मधेसी दलितको सङ्ख्या ८ जनामात्र छ । प्रदेश सभाको प्रत्यक्षतर्फ ३३० सिट रहेकामा दलित समुदायबाट ४ जनामात्र विजयी भएका थिए । जसमा मधेसी दलित एकजना पनि थिएनन् । यसरी नै समानुपातिकतर्फ २२० जनामध्ये दलित समुदायबाट २९ जना विजयी भएका थिए । जसमा मधेसी दलित ८ जना थिए । यो भनेको जम्मा प्रदेश सभामा मधेसी दलितको प्रतिशत १.४५ हुन आउँछ भने कुल दलितभित्र मधेसी दलितको प्रतिशतचाहिँ २७ हुन आउँछ ।
ज्ञापनपत्र बुझाउन दलित सरोकार मञ्च नेपालका पूर्वनिर्देशक भोला पासवान, अधिवक्ता रक्षाराम हरिजन, शैलेन्द्र अम्बेडकर, संविधान सभा सदस्य शम्भु हजरा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्यामप्रसाद रजक, नेपाली कङ्ग्रेसका मधेस प्रदेश समिति सदस्य भुवनेश्वर साफी, कानुनका विद्यार्थी सञ्जयकुमार पासी, प्रशान्त राव, राहुल रजक, दलित सङ्घकी केन्द्रीय सदस्य मोहनी साफी, नेका महासमिति सदस्य सिकेन्द्र पासवान, दलित सङ्घका सचिव धर्मेन्द्र पासवानलगायत पुगेका थिए ।
दलित सरोकार मञ्चका पूर्वनिर्देशक भोला पासवानका अनुसार मञ्चको आयोजनामा गत भदौ १७, १८ र १९ गते सप्तरीको कञ्चनपुरमा ३ दिने दलित अगुवा सम्मेलन भएको थियो । २ नं. प्रदेशका ८ जिल्लाका दलित अगुवाको सहभागिता रहेको उक्त सम्मेलनका क्रममा दलित सशक्तीकरण ऐन कार्यान्वयनको आगामी कार्ययोजना, डा. विजयप्रसाद मिश्रले दलित विकास समितिको ५ वर्षीय रणनीतिमा समेट्नुपर्ने दलितका सवाल, अधिवक्ता रक्षाराम हरिजनले मधेस प्रदेश सरकारले निर्माण गरेको र प्रस्तावित ऐनहरूमा दलित अधिकार, अनुसन्धानकर्ता रूप सुनारले कोरोनाले दलित समुदायमाथि पारेको असर र प्रभाव ः राजनीतिक दलको घोषणापत्रमा ती मुद्दा सम्बोधनका सवाल, पत्रकार रघुनाथ लामिछानेले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा दलित प्रतिनिधित्व र आगामी प्रदेश तथा सङ्घीय चुनावमा प्रतिनिधित्वको सवाल, इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानले मधेस प्रदेशमा दलित समुदायको मानव अधिकारको अवस्था, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको थर सूचीकरणमा मधेस प्रदेशमा देखिएको अन्तरविरोध, भोला पासवानले प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा दलित सवाल आदि विषयमा प्रस्तुति गरेका थिए ।

Facebook Comment


Related Posts

प्रधानमन्त्रीलाई आग्रह, मन्त्री गुप्तालाई बर्खास्त गरोउ : सासंद थापा

प्रधानमन्त्रीलाई आग्रह, मन्त्री गुप्तालाई बर्खास्त गरोउ : सासंद थापा

प्रचण्डले संसद्लाई बिचौलियाको खेलमैदान

प्रचण्डले संसद्लाई बिचौलियाको खेलमैदान

मधेश प्रदेश सभा चौथो दिन पनि ठप्प, विपक्षी दलको निरन्तर अवरोध

मधेश प्रदेश : विपक्षी दलका बहिष्कारबीच बजेट पारित

मन्त्री यादवको पहलमा कुर्था वाटिका चौक–तपनपुर सडक खण्डको शिलान्यास

मन्त्री यादवको पहलमा कुर्था वाटिका चौक–तपनपुर सडक खण्डको शिलान्यास

जहाँ सरकार त्यहाँ भ्रष्टाचार छ : प्रचण्ड

जहाँ सरकार त्यहाँ भ्रष्टाचार छ : प्रचण्ड

मधेश प्रदेश : अर्थमन्त्रीको राजीनामा माग्दै जसपा नेपालले संसद ग¥यो बहिष्कार

मधेश प्रदेश : अर्थमन्त्रीको राजीनामा माग्दै जसपा नेपालले संसद ग¥यो बहिष्कार

ताजा समाचार

प्रधानमन्त्रीलाई आग्रह, मन्त्री गुप्तालाई बर्खास्त गरोउ : सासंद थापा

प्रधानमन्त्रीलाई आग्रह, मन्त्री गुप्तालाई बर्खास्त गरोउ : सासंद थापा

प्रचण्डले संसद्लाई बिचौलियाको खेलमैदान

प्रचण्डले संसद्लाई बिचौलियाको खेलमैदान

मधेश प्रदेश सभा चौथो दिन पनि ठप्प, विपक्षी दलको निरन्तर अवरोध

मधेश प्रदेश : विपक्षी दलका बहिष्कारबीच बजेट पारित

मन्त्री यादवको पहलमा कुर्था वाटिका चौक–तपनपुर सडक खण्डको शिलान्यास

मन्त्री यादवको पहलमा कुर्था वाटिका चौक–तपनपुर सडक खण्डको शिलान्यास

जहाँ सरकार त्यहाँ भ्रष्टाचार छ : प्रचण्ड

जहाँ सरकार त्यहाँ भ्रष्टाचार छ : प्रचण्ड

मधेश प्रदेश : अर्थमन्त्रीको राजीनामा माग्दै जसपा नेपालले संसद ग¥यो बहिष्कार

मधेश प्रदेश : अर्थमन्त्रीको राजीनामा माग्दै जसपा नेपालले संसद ग¥यो बहिष्कार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar