चितवन, १६ मंसिर । कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।
अहिले विभिन्न पक्षबाट राजतन्त्रको पक्ष तथा गणतन्त्रको विरोधमा भइरहेका गतिविधिहरूलाई सरकारले चुनौतीका रूपमा नलिएको समेत भनेका छन ।
भरतपुर विमानस्थलमा शनिवार सन्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कार्यान्वयन गर्न अवरोध गर्ने स्थिति आउन नदिने बताए ।
संविधानले संस्थागत गरेको लोकतान्त्रिक प्रणालीले नागरिकलाई दिएको अधिकार सुनिश्चित गर्नुपर्नेमा गृहमन्त्री श्रेष्ठको जोड थियो ।
सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पु¥याउनुपर्ने गृहमन्त्री श्रेष्ठले बताए ।














