जनकपुर, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम नगर समितिको नगरस्तरीय बैठक सम्पन्न भएको छ।
नगर सभापति ललनकुमार नायकको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सहसचिव एवं संगठन विभाग प्रमुख अमृत यादव, नगर समितिका पदाधिकारी तथा विभिन्न वडाका सभापतिहरूको सहभागिता रहेको थियो।
बैठकमा पार्टी संगठनलाई थप मजबुत, व्यवस्थित र अनुशासित बनाउने विषयमा छलफल भएको छ। साथै, पार्टीको विधान, नियम, संगठनात्मक मर्यादा र प्रोटोकल पालना गर्नुपर्ने तथा विधानविपरीत गतिविधि गर्ने व्यक्तिलाई नियमानुसार कारबाही गर्ने निर्णय गरिएको जनाइएको छ।
पार्टीका विभिन्न तहबाट जारी निर्देशनलाई सबै सदस्यले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेमा समेत बैठकले जोड दिएको छ।














