काठमाडौँ, १२ मंसिर । गृह मन्त्रालयले ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ।
मङ्सिर ११ गतेको निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
निर्णयअनुसार पर्साका प्रजिअ भोला दाहाललाई गृह मन्त्रालय र सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रजिअमा पठाइएको छ।
त्यस्तै, सिन्धुपाल्चोकका प्रजिअ शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ भने महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ।
मन्त्रालयले अन्य सहसचिवलाई पनि विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको जनाएको छ।















