काठमाडौं, ९ मंसिर । जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित तथा मनोनित ८१ सदस्यीय पदाधिकारी र केन्द्रीय कार्यकारिणी सदस्यहरूको विवरण निर्वाचन आयोगले अद्यावधिक गरेको छ।
जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन २०८३ असोज १७ गते सम्पन्न भएको थियो। महाधिवेशनबाट चयन भएका पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्यहरूको नामावली र संगठनात्मक संरचनासम्बन्धी विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिएको हो।
जनमत पार्टीका केन्द्रीय सचिव सन्तोष राज सहनीले आयोगबाट पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यकारिणीको विवरण अद्यावधिक भएको जानकारी दिएका हुन्।
उनका अनुसार पार्टीको संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी विवरण निर्वाचन आयोगबाट अद्यावधिक हुनु संस्थागत विकास र संगठनात्मक सुदृढीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धि हो।
पार्टीको महाधिवेशनबाट चयन भएको ८१ सदस्यीय नेतृत्वको विवरण आधिकारिक रूपमा अद्यावधिक भएसँगै पार्टीको संगठनात्मक गतिविधि तथा संस्थागत प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने जनमत पार्टीको विश्वास छ।














