जनकपुर, ९ मंसिर । धनुषाको कमला नगरपालिका–२ सराबेमा ट्याक्टरले किच्दा १४ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हंसपुर नगरपालिका–९ रुदौली निवासी रामकुमार मण्डलका छोरा जिसान्त कुमार मण्डल रहेका छन्।
प्रहरीका अनुसार प्रदेश २–००१ त ३१९९ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा उनी लडेका थिए। ट्याक्टरको चक्काले किचेर गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।














