काठमाडौँ, २३ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय व्यापार, आर्थिक सहकार्य तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ।
भेटमा दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार तथा आर्थिक सहकार्यका सम्भावनाबारे समेत विचार आदानप्रदान भएको जनाइएको छ।














