काठमाडौं, १७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
मंगलबार काठमाडौंमा नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले मुलुक असाधारण संकटबाट गुज्रिरहेको भन्दै राष्ट्रिय स्वाधीनता रक्षाका लागि कम्युनिस्ट शक्तिहरू एक हुनुपर्ने बताएका हुन्।
उनले केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत सबै कम्युनिस्ट समूहलाई एकतामा जोड्नुपर्नेमा जोड दिए।
विगतका असहमति र अनुभवबाट पाठ सिक्दै आग्रह–पूर्वाग्रह त्यागेर देश र जनताको हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।














