काठमाडौं, १४ कात्तिक । मकवानपुरस्थित कुलेखानी जलाशयमा पानीको सतह निरन्तर बढ्दै गएको छ । पछिल्लो मापनअनुसार जलाशयको सतह १ हजार ५२८.२५ मिटर पुगेको छ ।
जलाधार क्षेत्रमा भइरहेको भारी वर्षाका कारण पानीको सतह बढेको हो । जलाशयको सतह १ हजार ५२८.५० मिटर पुगेपछि पहिलो चेतावनी साइरन बजाइनेछ । हाल साइरन बज्ने तहभन्दा पानीको सतह २५ सेन्टिमिटर मात्रै तल छ ।
जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ । आवश्यक परे ड्यामका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
त्यस्तै, नदी तथा खोला किनारबाट टाढा सुरक्षित स्थानमा बस्न र देउराली–सिस्नेरी सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ ।














