काठमाडौं, १० कात्तिक । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएयता चार सचिवसहित ४६४ निजामती कर्मचारीले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रिय किताबखाना (निजामती)का अनुसार राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी छन्। राजपत्राङ्कित तर्फ चार सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृत छन्।
त्यस्तै, राजपत्र अनङ्किततर्फ १३७ जना नायब सुब्बा तथा खरदार र १२० जना श्रेणीविहीन कर्मचारीले राजीनामा दिएका छन्।
सरकारले संसद्मा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा ३० वर्ष सेवा अवधि पुगेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीका लागि राजीनामा दिनुपर्ने व्यवस्था प्रस्ताव गरेपछि राजीनामा बढेको बताइएको छ।
यद्यपि, कर्मचारीहरूले राजीनामा पत्रमा घरायसी कारण उल्लेख गरेको किताबखानाले जनाएको छ। उनीहरूको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ।














