तनहुँ, १० कात्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाल तरुण दलको जिल्ला अधिवेशन पाँचदेखि छ महिनाभित्र र केन्द्रीय अधिवेशन एक वर्षभित्र सम्पन्न गर्ने बताएका छन्।
तरुण दलको कार्यक्रममा सहभागी हुन तनहुँ पुगेका पौडेलले संगठनलाई सक्रिय र व्यवस्थित बनाउन नियमित अधिवेशन आवश्यक रहेको बताए। उनले युवालाई संगठनमा जोड्दै उनीहरूका मुद्दालाई राष्ट्रिय एजेन्डा बनाउनुपर्नेमा जोड दिए।
पौडेलले कांग्रेसका अधिवेशन हुन बाँकी सबै भ्रातृ संगठनको अधिवेशन पनि एक वर्षभित्र सम्पन्न गर्नुपर्ने बताए। साथै, नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने प्रक्रियालाई सहज रूपमा अघि बढाउन र पुराना नेताहरूको योगदानको सम्मान गर्नुपर्ने उनको भनाइ थियो।














